मेची भन्सार कार्यालयले चालू आर्थिक वर्षको सात महिनामा रु. आठ अर्ब ८४ करोड ८६ लाख ९८ हजार राजस्व संकलन गरेको छ ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालू आवको माघ महिनासम्ममा रु. नौ अर्ब ६० करोड ९२ लाख १५ हजार राजस्व संकलन गर्ने लक्ष्य थियो । गत आव ०८०/८१ को सोही अवधिमा राजस्व रु. आठ अर्ब ९० करोड सात लाख ६७ हजार राजस्व संकलनको लक्ष्य रहेकामा त्यसमध्ये ७६.१० प्रतिशत मात्रै राजस्व संकलन भएको थियो ।
चालू आवको सात महिनामा पेट्रोलियम पदार्थको आयतबाट रु. पाँच अर्ब २८ करोड १४ लाख २२ हजार राजस्व संकलन भएको छ । यसैगरी, तरकारीको आयतबाट रु. ४४ करोड २५ लाख ४२ हजार, यातायातका साधन र तिनका पार्टपुर्जाबाट रु. २४ करोड ७५ लाख ९१ हजार, दलहनबाट रु. १५ करोड ९६ लाख ८५ हजार, खनिज उत्पादनबाट रु. १५ करोड ७३ लाख २५ हजार राजस्व संकलन भएको सूचना अधिकारी कँडेलले जानकारी दिए।
चालू आवको सात महिनामा रु. १६ अर्ब चार करोड ४८ लाख ६३ हजारबराबरको वस्तु निर्यात हुँदा रु. नौ करोड २२ लाख २९ हजार र रु. २७ अर्ब ३४ करोड ५३ लाख ८१ हजारबराबरको वस्तु आयात गरिँदा रु. आठ अर्ब ७५ करोड ६४ लाख ६३ हजार राजस्व संकलन भएको छ । रासस