संविधानसभा सदस्य तथा नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य विदुर सापकोटको निधन भएपछि पार्टीको बिहीबार बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
बैठक भोलि ११ बजे (नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुर) बस्ने गरी स्थगित गरिएको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।