कार्यसम्पादन मूल्याङकनमा इलाम, रुकुम पश्चिम र पाल्पाका सिडिओ उत्कृष्ट

बुधबार, ७ फागुन, २०८१
डिजिटल संस्करण

चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकको कार्यसम्पादन मूल्याङकनमा इलाम, रुकुम पश्चिम र पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी उत्कृष्ट भएका छन् । गृह मन्त्रालयद्वारा सार्वजनिक  कार्यसम्पादन मुल्याङकन प्रतिवेदनअनुसार ती जिल्लाले उच्च प्राप्ताङक पाएका छन् । 

तीनै जिल्लाले २० पूर्णाङकमा समान १९.५ अंक पाएका छन् । इलामको प्रमुख जिल्ला अधिकारीमा कल्पना श्रेष्ठ, रुकुम पश्चिममा कुल बहादुर जि.सी र पाल्पामा तोय नारायण सुवेदी छन् । 

त्यस्तै, चौथोमा कास्की, पाँचौमा तेह्रथुम, छैंटौमा रामेछाप र सातौं स्थानमा स्याङजा जिल्ला प्रशासन कार्यालयमा परेका छन् । 

सबैभन्दा कमजोरमा बाजुरा, खोटाङ र संखुवासभा छन् । बाजुराले १३.०६, खोटाङले १३.५६ र संखुवासभाले १४.१२ प्राप्ताङक प्राप्त गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयहरूको दोस्रो त्रैमासिकको मुल्याङकन प्रतिवेदन-

सुझावित समाचार