भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)बाट निकालिएका ९६ विद्यार्थी पर्साको वीरगन्ज नाकाबाट घर फर्किएका छन्। किट कलेजबाट निकालिएका विद्यार्थीहरूमध्ये ९६ जना वीरगन्ज नाका हुँदै घर फर्किएका पर्साका प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए ।
फर्किएकामध्ये करिब ८० प्रतिशत विद्यार्थी पर्साकै रहेका बताइएकाे छ। केही विद्यार्थी मात्र बाहिर जिल्लाको रहेको र उनीहरू आफ्नै हिसाबले घरतर्फ लागेको मिश्रको भनाइ छ।
हेर्नुस् भिडियाे :