सैनिक मञ्च टुँडिखेलमा मनाइयाे प्रजातन्त्र दिवस (तस्बिरहरू)

बुधबार, ७ फागुन, २०८१
डिजिटल संस्करण

आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशभर विविध कार्यक्रमकाे आयोजना गरी मनाइँदै छ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज एक विशेष कार्यक्रमको आयोजना गरी मनाइयो । यस कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी ओली, सभामुख देवराज घिमिरेलगायत उच्चपदस्थ सरकारी कर्मचारीको सहभागिता रहेको थियो । 

सैनिक मञ्च टुँडिखेलमा आयोजित यस कार्यक्रममा नेपाली सेना र नेपाल प्रहरीले विभिन्न कला कौशल प्रस्तुत गरेका थिए । यसैगरी नेपाली सेनाले हेलिकोप्टरबाट पुष्पवृष्टि गरेको थियो । सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । 

सुझावित समाचार