शान्ति मिसनमा पठाइदिने भन्दै सशस्त्र प्रहरीका सात कर्मचारीसँग रकम असुल्ने पक्राउ

सोमबार, ५ फागुन, २०८१
डिजिटल संस्करण

राष्ट्रसंघीय शान्ति मिसनमा पठाइदिने भन्दै सशस्त्र प्रहरीका कर्मचारीसँग पैसा असुल्ने पक्राउ परेका छन्। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–९ घर भई भक्तपुरको दुवाकोट बस्ने २७ वर्षीय दिनेश सापकोटालाई प्रहरीले पक्राउ गरेको हो। 

उनले आफू प्रहरीको असइ भएको र गृह मन्त्रालयसम्म पहुँच भएको भन्दै शान्ति मिसनमा पठाउने आश्वासन दिएर पैसा असुलेका हुन्। सशस्त्र प्रहरी बलले समेत यस विषयमा आन्तरिक छानबिन गरिरहेको हो। सशस्त्रको एफपियू मिसनमा उत्कृष्ट कर्मचारीको कोटामा पारेर पठाइदिने भन्दै उनले पैसा असुलेका हुन्। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई आइतबार फर्पिङबाट पक्राउ गरेको हो। उनी विगतमा चोरी, डकैती, आपराधिक विश्वासघात, बैंकिङ कसुरलगायत अपराधमा पक्राउ परी छुटेका व्यक्ति भएको अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए। 
 

सुझावित समाचार