महिला हिंसाविरुद्धको कथामा बनेको फिल्म ‘जुना’लाई दर्शकको साथ

सोमबार, ५ फागुन, २०८१
डिजिटल संस्करण

कलाकार कृष्णप्रसाद धिताल ‘धिताल चिरिच्याट्ट’को मुख्य भूमिका रहेको फिल्म ‘जुना’को प्रदर्शन जारी छ। माघ २५ बाट प्रदर्शनरत फिल्मले दर्शकको राम्रो साथ पाइरहेको निर्माण पक्षले जनाएको छ।

निर्माता दीपकप्रसाद घिमिरेका अनुसार फिल्मले प्रदर्शनको पहिलो दिन देशभर ८० भन्दा बढी साे पाएको थियो। जीवन सेञ्चुरीको निर्देशन रहेको फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ।

राजबहादुर सानेको कथा, बिबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदु राई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको छायांकन छ।

बालविवाह र महिला हिंसा निरुत्साहनको सन्देश बोकेको ‘जुना’ गोदावरी फिल्म प्रोडक्सन एन्ड रिसर्च प्रालिको ब्यानरमा निर्माण भएको हो।

See More On

सुझावित समाचार