बुढानीलकण्ठमा चोरी गरेको आरोपमा ६ जना पक्राउ

आइतबार, ४ फागुन, २०८१
डिजिटल संस्करण

बुढानीलकण्ठ नगरपालिका–७, पानचोकस्थित एक घरमा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–५ घर भएका २६ वर्षीय अशोक तामाङ, सोही ठाउँ घर भएका २५ वर्षीय सरोज तामाङ, सोही ठाउँका २२ वर्षीय समीर तामाङ, पाँचपोखरी–७ घर भएका निराजन आचार्य, पाँचपोखरी–७ का नवज्योति गुरुङ र सोही ठाउँका हिराबहादुर तामाङ छन्।

प्रहरीले उनीहरूबाट ११ थान मोबाइल चोरीमा प्रयोग हुने रड र ५ थान टिभी बरामद गरेको छ। पक्राउ परेकाहरूमथि चोरीको कसुरमा अनुसन्धान अघि बढाइएको छ।

सुझावित समाचार