अर्थमन्त्री पौडेललाई थप उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगियो

शनिबार, ३ फागुन, २०८१
डिजिटल संस्करण

पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन फुटेर आगलागी हुँदा घाइते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। 

शनिबार कार्यक्रमको उद्घाटन गर्ने क्रममा दीप प्रज्वलन गरेपछि बेलुन उडाउने क्रममा बेलुन आगोको ज्वालामा परेपछि पड्किको थियो। ठुलो आवाजसहित पड्किएको बेलुनका कारण पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भएका थिए।

उनीहरू दुईजनाको अनुहारमा आगोले पोलेको हो । घाइते दुवैजनालाई उपचारका लागि पोखरा ४ गैह्रापाटनस्थित फिस्टेल अस्पताल लगिएको थियो। तर, मन्त्री पौडेललाई भने थप उपचारका लागि  कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको अर्थ मन्त्रालयको सचिवालयले जनाएको छ। 

सुझावित समाचार