कार्यसम्पादन मूल्यांकनमा त्रिवेणी नगरपालिका बाजुरामा पहिलो

शुक्रबार, २ फागुन, २०८१
डिजिटल संस्करण

कार्यसम्पादन मूल्यांकनमा त्रिवेणी नगरपालिका बाजुराका नाै स्थानीय तहहरूमध्ये पहिलो भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजाअनुसार त्रिवेणी नगरपालिका पहिलो भएको हो।

जिल्लाका नाै स्थानीय तहमा आर्थिक वर्ष ०८०/८१ को मूल्यांकन गर्दा त्रिवेणी नगरपालिकाले ६४.५ अंक प्राप्त गर्दै पहिलो नम्बरमा छ। जगन्नाथ गाउँपालिका ६१.६ अंकसहित दोस्रो, बुढीगंगा नगरपालिका ६१.२ अंकसहित तेस्रो स्थानमा छन्।

यसैगरी, हिमाली गाउँपालिका ५९.८ अंकसहित चौथो स्थानमा रहँदा पाँचौँ स्थानमा रहेको गौमूल गाउँपालिकाको ५७.९ अंक छ। छैटौँ स्थानमा ५३.६ अंकसहित स्वामी कार्तिक खापर गाउँपालिका छ।

क्रमशः सातौँ, आठौँ र अन्तिम स्थानमा रहेका बुढीनन्दा नगरपालिका, बडिमालिका नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाले क्रमशः ४९.५, ४६.९ र  ४५.४ अंक ल्याएका छन् ।

सुझावित समाचार