काठमाडौंको नागढुंगाबाट ३१८ ग्राम सुनसहित दुईजना पक्राउ

बिहिबार, १ फागुन, २०८१
डिजिटल संस्करण

काठमाडौंको नागढुंगास्थित चेकप्वाइन्टबाट सुनसहित दुईजना पक्राउ परेका छन् । प्रहरीका अनुसार बिहीबार  ३१८ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित दुईजना पक्राउ परेका हुन् ।

पक्राउ परेका व्यक्तिहरू भारतीय रहेको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा महेश अमृत मनी र राहुल खंडु सरक छन् । पक्राउ परेका दुईजनालाई अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ । 

See More On

सुझावित समाचार