लिखुभुजीलाई हाङथुम कप उपाधि

मंगलबार, २९ माघ, २०८१
डिजिटल संस्करण

रामेछापको लिखुभुजी क्लबले संखुवासभाको मूलखर्कमा भएको ४६औँ हाङथुम कपको उपाधि जितेको छ । प्रतियोगिताको फाइनलमा लिखुभुजीले सुनसरीको सिर्जना युथलाई १–० ले हरायो ।

खेलको ७२औँ मिनेटमा करण मगरले एक मात्र पेनाल्टी गोल गर्दै लिखुभुजीलाई उपाधि दिलाए । डिबक्सभित्र सुनसरीका खेलाडीले फल गरेपछि विपक्षीले पेनाल्टी प्रहार गर्न अवसर पाएको हो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी सिर्जना युथ सुनसरीका नगेन राई भए । यसैगरी, सर्वाधिक गोलरक्षक रामेछाप लिखुभुजिका मिलन श्रेष्ठ र सर्वाधिक गोलकर्ता लिखुभुजिकै मनजित गुरुङ भए ।

सेमिफाइनलमा धनकुटालाई ४–० ले पराजित गर्दै लिखुभुजी फाइनल प्रवेश गरेको थियो ।

सुझावित समाचार