जनयुद्ध दिवसमा मकवानपुरको बागमती गाउँपालिकाले दियो सार्वजनिक बिदा

बिहिबार, १ फागुन, २०८१
डिजिटल संस्करण

मकवानपुरको बागमती गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । पालिकाले बुधबार सूचना जारी गर्दै जनयुद्ध दिवसको अवसरमा आज फागुन १ गते सार्वजनिक बिदा दिएको  हो ।

१ फागुन ०५२ बाट सुरु भएको जनयुद्धको फलस्वरूप एकात्मक केन्द्रीकृत राज्य संरचनालाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा ल्याई धर्मनिरपेक्षता, संघीयता, समानुपातिक समावेशी प्रतिनिधित्व प्रणालीमार्फत राज्यका सबै संयन्त्रहरूमा आमनागरिकको हकअधिकार सुनिश्चित गर्न सफल भएको स्मरणमा १ फागुनमा सर्वाजनिक बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ ।

पालिकाका अध्यक्ष सर्केश घलानद्वारा हस्ताक्षरित सूचनामा नागरिकले संविधानसभामार्फत आफ्नो संविधान आफैँ निर्माण गर्न पाउनुपर्ने विश्वव्यापी उन्नत लोकतान्त्रिक प्रणालीको अभ्यास गराउन वर्तमान शासन प्रणालीको प्रमुख आधार जनयुद्ध बनेको उल्लेख गरिएको छ ।

जनयुद्धका सहिद, बेपत्ता तथा घइते भएका परिवारजनहरूप्रति उच्च सम्मान प्रकट गर्न बागमती गाउँ कार्यपालिकाको कार्यालयमातहतका अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयहरूबाहेकका सबै सरकारी कार्यालयहरू, शैक्षिक संस्था, विभिन्न संघ–संस्थाहरूमा फागुन १ गते सार्वजनिक बिदा दिइएको सूचनामा जनाइएको छ ।

सुझावित समाचार