बाराको सिम्रौनगढ नगरपालिकाकी उपमेयर नजमु सेहरले नगरपालिका कार्यालयमा तालाबन्दी गरेकी छिन्। मेयर किशोरीप्रसाद कलवारले आफ्नो कार्यक्षेत्रमा हस्तक्षेप गरेको आरोप लगाउँदै उपमेयर सेहरले नगरपालिकाको मूलगेटमा तालाबन्दी गरेकी हुन्।
सेहरले नगरसभाबाट बजेट बाँडफाँट भएर योजना कार्यान्वयनको क्रममा मेयरले हस्तक्षेप गरेको आरोप लगाएकी छिन्। उक्त हस्तक्षेपका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको उनको भनाइ छ।
उनले न्यायिक समिति सञ्चालन गर्न समस्या उत्पन्न भइरहेकोसमेत बताएकी छिन्। यता नगर मेयर किशोरीप्रसाद कलवारले भने उपमेयर सेहरले लगाएको सम्पूर्ण आरोप गलत रहेको बताए। उनले सबै आरोप असत्य रहेको र आफूले कुनै कार्यादेश रोक्न आदेश नदिएको बताए।
अहिले मेयर, उपमेयरलगायतका कार्यपालिकाको बैठक गरी समस्या सामाधान गर्ने पहल भइरहेको स्रोतले बताएको छ।