सिद्धार्थनगरमा प्राविधिक कर्मचारी व्यवस्थापन र शिक्षा ऐनसम्बन्धी विधेयक पारित

सोमबार, २८ माघ, २०८१
डिजिटल संस्करण

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले दुईवटा विधेयक पारित गरेको छ। हिउँदे सभाको १७औँ अधिवेशनबाट नगरपालिकाले प्राविधिक कर्मचारी व्यवस्थापन गर्न बनेको विधेयक र नगरको शिक्षा ऐन, ०७४ लाई प्रथम संशोधन गर्न बनेको विधयकलाई पारित गरेको हो।

सोमबार भैरहवास्थित महेन्द्र सभागृहमा भएको सभामा सभाअध्यक्ष एवं सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक अहमद खाँले नगरको प्रगति विवरणसहित दुइटा विधेयक सभामा प्रस्तुत गरेका थिए। सभाले छलफलपछि विधेयक पारित गरेको हो। विधेयक पारित भएसँगै सिद्धार्थनगरलाई प्राविधिक कर्मचारी करारमा राख्न बाटो खुलेको छ। विधयकमा करारतर्फ इन्जिनियरिङ, कृषि, पशु, स्वास्थ्य तथा प्राविधिकतर्फ अन्य कर्मचारी करारमा राख्न पाउने उल्लेख छ।

शिक्षा विधयक संशोधनपछि नगर शिक्षा समितिमा उपप्रमुखसमेत सदस्य रहने व्यवस्था गरिएको छ। विधयकमा नगरप्रमुख अध्यक्ष भन्ने वाक्यको पछाडि नगरउपप्रमुख उपाध्यक्ष भन्ने थप गरिएको छ। नगरसभामा नगरको चालू आर्थिक वर्षको प्रगति सार्वजनिक गर्दै नगरप्रमुख इस्तियाक अहमद खाँले ५७औँ स्थापना दिवस ०८१ भव्य रूपमा सम्पन्न भएको, नगर सरसफाइ, सडक बत्ती व्यवस्थापन तथा नगरका विभिन्न स्थानमा वर्ष स्मार्टलाइट जडान गरी सो कार्यको यस वर्ष फर्स्छोट कार्य सम्पन्न भएकाे बताए।

सुझावित समाचार