सुशासन पत्रकारिता पुरस्कारबाट नयाँ पत्रिकाकर्मी मैनालीसहित तीनजना पुरस्कृत

सोमबार, २८ माघ, २०८१
डिजिटल संस्करण

सुशासन पत्रकारिता पुरस्कारबाट नयाँ पत्रिकाकर्मी नवराज मैनालीसहित तीनजना सञ्चारकर्मी पुरस्कृत भएका छन् । समाचारका माध्यमबाट सुशासन प्रवर्द्धनमा योगदान पुर्‍याएकाे भन्दै त्यसको कदरस्वरूप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरस्कार प्रदान गरेको हो । 

आयोगको ३४औँ स्थापना दिवसका अवसरका सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा सभामुख देवराज घिमिरेले पुरस्कार प्रदान गरेका हुन् । 

मैनालीसँगै नागरिक दैनिकका टपेन्द्र कार्की र कान्तिपुर टिभीका रमेश धमलासहित अन्य सातजनालाई अख्तियारले पुरस्कृत गरेकाे छ । पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । 

सुझावित समाचार