खाँडाचक्र नगरपालिकाको भवन शिलान्यास

आइतबार, २७ माघ, २०८१
डिजिटल संस्करण

कालीकोटको खाँडाचक्र नगरपालिकाको बहुउद्देश्यीय  प्रशासनिक भवनको शिलान्यास गरिएको छ। स्थानीय सरकार सञ्चालन भएदेखि नगरपालिकादेखि वडा र शाखाहरू भाडाको घरमा बस्दै आएका थिए।

नगरपालिकाको भवन बनाउनका लागि १९ करोड ६२ लाख रुपैयाँमा आर एन्ड सिएस निर्माण सेवाले ठेक्का पाएको हो । नगर प्रमुख कमलबहादुर शाहीको प्रमुख आतिथ्य तथा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको विशेष आतिथ्यमा आइतबार भवन शिलान्यास गरिएको हो।

शिलान्यास कार्यक्रममा जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रतिनिधि, पालिकाका वडाध्यक्षहरू, खाँडाचक्रका प्रमुख प्रशासकीय अधिकृत अविराज शाहीलगायतको उपस्थित थियो।

बहुउद्देश्यीय प्रशासनिक भवन निर्माणका लागि ३६ महिनाको समयावधि तोकिएको छ। ३७ मिटर चौडाइ र १६ मिटर लम्बाइमा उक्त भवन निर्माण हुनेछ।

सुझावित समाचार