केन्द्रीय रक्तसञ्चार र वीर अस्पतालबिच रगत उपलब्धतामा सम्झौता

बिहिबार, २४ माघ, २०८१
डिजिटल संस्करण

नेपाल रेडक्रस केन्द्रीय रक्तसञ्चार सेवा र वीर अस्पतालबिच रगतको उपलब्धताका सम्बन्धमा सम्झौता भएको छ।

केन्द्रीय रक्तसञ्चार सेवा प्रदर्शनीमार्गमा सञ्चालनमा आएपछि छिमेकी संस्था वीर अस्पतालको बढ्दो मानव रगत र रक्तकोषको आवश्यकता पूर्ति गर्न टेवा पुग्ने गरी बिहीबार दुई संस्थाबिच सम्झौता भएको हो।

सम्झौता-पत्रअनुसार चारबुँदे सहमति भएको छ। साउन ०८२ देखि लागू हुने गरी रक्तसञ्चारले वीर अस्पताललाई थालेसेमिया, हेमोफिलिया र सिकलसेल एनिमियाका बिरामीहरूलाई साप्ताहिक चाहिने रगत तथा रक्त तत्व उपलब्ध गराउनेछ। रगत र रगत तत्वको शुल्क नेपाल सरकारले तोकेको हुनेछ। प्रतियुनिट शुल्क एक हजार एक सय ६० कायम गरिएको छ।

सुझावित समाचार