पार्टी नेतृत्वको आलोचना गरेको भन्दै एमालेले गर्‍यो घोराही उपमहानगर–८ का वडाध्यक्षलाई निष्कासन

बुधबार, २३ माघ, २०८१
डिजिटल संस्करण

एमाले दाङले घोराही उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष जितेन्द्र शाहलाई कारबाही गरेको छ। पार्टी र नेतृत्वका विरुद्ध सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको भन्दै उनलाई कारबाही गरिएको हो। शाहलाई एमाले दाङको बुधबारको बैठकले  साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको हो।

पटक-पटक सचेत गराउँदा पनि सुधार भएपछि कारबाही गरेको एमाले दाङका सचिव श्याम डाँगीले बताए। उनी एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्। 

सुझावित समाचार