कांग्रेस लुम्बिनीको सचेतकमा श्रेष्ठ नियुक्त

बुधबार, २३ माघ, २०८१
डिजिटल संस्करण

कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठ नियुक्त भएकी छिन्। संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले श्रेष्ठलाई सचेतक पदमा नियुक्त गरेको जानकारी दिए। 

बुधबार श्रेष्ठलाई नियुक्त गरिएको हो। श्रेष्ठ प्युठान जिल्लाबाट समानुपातिक सांसदमा निर्वाचित भएकी हुन्। 

यसअघि प्युठानकै नीमा गिरी सचेतक थिइन्। उनले राजीनामा दिएपछि दल नेता चौधरीले श्रेष्ठलाई नियुक्त गरेका हुन्। 

सुझावित समाचार