महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले थाइल्यान्डलाई १०२ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले पूरै २० ओभर खेलेर ९ विकेटको क्षतिमा १०१ रन बनाएको हो।
नेपालका लागि कविता कुँवरले २५ रन बनाउँदा विन्दु रावलले पनि २५ रन नै जोडिन्। कप्तान इन्दु बर्माले १५ रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।
थाइल्यान्डका लागि थिपाचा पुत्थावोङले तीन तथा फनिता माया र नत्तया बुछाथामले २–२ र चनिदा सुतेरुआङले एक विकेट लिइन्।