टी–२० आई सिरिज : थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

शनिबार, १९ माघ, २०८१
डिजिटल संस्करण

नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलत महिला टी २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलाअन्तर्गत नेपाल र थाइल्यान्ड आज (शनिबार) भिड्दै छन् । त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्नेछ।

खेल मध्याह्न सवा १२ बजे सुरु हुँदै छ । जारी शृंखलामा नेपालको यो दोस्रो खेल हो । आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले हारेको नेपाल आज पुनरागमन गर्ने योजनामा हुनेछ । थाइल्यान्ड भने आज लगातार दोस्रो जितको खोजीमा हुनेछ । उसले नेदरल्यान्ड्सविरुद्ध ८ विकेटको सहज जित हात पारेको थियो ।


नेदरल्यान्ड्सले दिएको १२३ रनको लक्ष्य उसले १८ ओभरमा केवल २ विकेट गुमाएर पूरा गरेको थियो । आइसिसी महिला टी २० अन्तर्राष्ट्रिय वरीयतामा थाइल्यान्ड १६ औँ र नेपाल २०औँ स्थानमा छ। दुई टोलीबिच खेलिएका तीन टी २० अन्तर्राष्ट्रियमा नेपालले थाइल्यान्डलाई हराउन सकेको छैन।
 

सुझावित समाचार