रास्वपाका सांसद प्रतिनिधिसभाकाे बैठककक्ष छाडेर बाहिरिए

शुक्रबार, १८ माघ, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक बहिष्कार गरेका छन् ।  रास्वपाले आजको बैठकमा आकस्मिक समयमा बोल्नु पाउनुपर्ने माग राखेको थियो । तर सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्ने कार्यसूची तय भएको भन्दै आकस्मिक समय नरहेको बताएका थिए।  

प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाले करिब आधा घण्टा उठेर बैठक अवरोध गरेको थियो । विरोधकैबिच सभामुख घिमिरेले बैठकको काम कारबाही अगाडि बढाए भएपछि रास्वपा सांसदहरु बैठककक्ष छोडेर बाहिरिएका छन् ।     

 

See More On

सुझावित समाचार