कपिलवस्तुमा लागुऔषध चरेससहित महिला पक्राउ

मंगलबार, १५ माघ, २०८१
डिजिटल संस्करण

कपिलवस्तुमा लागुऔषध चरेससहित एक महिला पक्राउ परेकी छिन्। इलाका प्रहरी कार्यालय कृष्णनगरले रूपन्देही देवदह- ९, शीतलनगर घर भई कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटानिवासी ३० वर्षीया सरस्वती विकलाई लागुऔषधसहित नियन्त्रणमा लिएकाे हाे। 

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले पछिल्लो समय प्रदेशभित्रका जिल्लाका सीमानाकामा कडाइ गरेका वेला कपिलवस्तु प्रहरीले अढाई किलाे लागुऔषध चरेससहित महिलालाई सीमा क्षेत्रबाट नियन्त्रणमा लिएकाे हाे। 

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरी नायब निरीक्षक सुशील केसीकाे कमान्डमा खटिएकाे टाेलीले नेपालबाट भारततर्फ पैदल हिँडेर जान लागेकी विकलाई शंका लागी रोकेर जाँच गर्दा उनकाे झोलामा प्लास्टिकमा राखेको लागुऔषध चरेसजस्तो देखिने कालो पदार्थ प्लास्टिकसहित १.३५ किलाेग्राम र प्लास्टिकरहित १.२५ किलाेग्राम चरेसजस्तो कालो पदार्थ फेला पारेको थियाे। 

लागुऔषध भेटिएपछि उनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेकाे लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ।
 

सुझावित समाचार