दुई करोड रुपैयाँभन्दा धेरै रकमको अनलाइन बेटिङ कारोबारको आरोपमा दुईजना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रामेछाप खाँडादेवी गाउँपालिका–९ का राजप्रसाद श्रेष्ठ र नुवाकोट विदुर नगरपालिका–१३ का हरिचन्द्र भुजेललाई नियन्त्रणमा लिएको हो।
उनीहरूले मन्त्र १०८ नामक वेबसाइटबाट अनलाइन बेटिङ खेल्ने तथा खेलाउने गरेको प्रहरीले जनाएको छ। दुई करोड ४१ हजार ६३६ रुपैयाँबराबरको कारोबार उनीहरूले गरेका छन्। क्रिप्टोमा पनि लगानी गरेको उनीहरूको मोबाइल परीक्षणबाट खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए।