फेरिल्यान्ड र इडेन ब्रिज एकेडेमी (इबिए)ले प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर महिलामा जित निकालेका छन् । आइतबार भएको खेलमा फेरिल्यान्डले न्युटनलाई १७–१२ ले पराजित गर्यो ।
फेरिल्यान्डको जितमा करुणा बोगटीले १० स्कोर गरिन् । अनामिका पटेलको ११ स्कोरको सहयोगमा इबिएले ग्रिनल्यान्डलाई २२–१८ ले हरायो । जुनियर महिलाको अर्को खेलमा भ्याली पब्लिकले बागमतीलाई २८–२१ ले निराश बनायो । सत्य साईले एन्जल्स हार्टमाथि १३–८ को जित निकाल्यो ।
निस्टले तेजस्वी एकेडेमीलाई २८–२२ ले हरायो । बौद्ध चिल्ड्रेन हेभेनले रिब्सलाई २२–१५ र काष्ठमण्डपले टिआइएलाई १२–६ ले पाखा लगाए । ज्ञान संस्कार इन्टरनेसनल स्कुलको आयोजनामा भइरहेको प्रतियोगिताको जुनियर पुरुषमा गोल्डेन पिकले सेबलाई २९–२४ ले पराजित गर्यो ।
पारामाउन्ट एकेडेमीले बौद्धलाई २०–१६ ले हरायो । न्युटनले भद्रकालीलाई ४३–३८ र ग्रिनलन्सले क्यान्भासलाई ३५–२३ ले पन्छाए ।