सांसदमाथि दुर्व्यवहार प्रकरण : सिसिटिभी फुटेज झिकाउन माग

आइतबार, १३ माघ, २०८१
डिजिटल संस्करण

रास्वपा सांसद विनिता कठायतले आफूमाथि दुर्व्यवहार भएको स्थानको सिसिटिभी फुटेज झिकाउन माग गरेकी छिन्।

कृषि समितिका उपसचिव शिवदत्त बराललाई आइतबार निवेदन दिँदै समिति सदस्य कठायतले उक्त दिनको सिसिटिभी फुटेज झिकाउन माग गरेकी हुन्।

९ माघमा बसेको कृषि समिति बैठकमा सांसद कठायतले सभापति कुसुमदेवी थापासहित कांग्रेस, एमाले सांसदले आफूलाई दुर्व्यवहार गरेको बताएकी थिइन्। समितिमा सभापति थापाले प्रमाण ल्याउनुस् भनेपछि कठायतले सिसिटिभी फुटेज मागेकी हुन्।

‘माननीय विनिता कठायतले कृषि समितिको अनुगमनका दौरान समिति सदस्यहरूको आचरण ठिक नभएको र सांसदहरूले अर्काको व्यक्तिगत जीवनबारे अनावश्यक टीका–टिप्पणी गरेको कुरा समिति बैठकमा उठाउनुभएको थियो,’ स्वकीय सचिव अपेक्षा सुवेदीले भनिन्, ‘सो विषयमा प्रमाण लिएर आउनु भनेपछि आज माननीय विनिताले समितिमा सिसिभिटी फुटेज झिकाएर यस विषयमा छानबिन गर्न पत्र बुझाउनुभएको हो।’

सुझावित समाचार