इम्सनमा नयाँ कार्यसमिति, अध्यक्षमा पुनः श्रेष्ठ

शनिबार, १२ माघ, २०८१
डिजिटल संस्करण

आर्थिक मिडिया सञ्चालकहरूको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल ( इम्सन)को अध्यक्षमा रामराजा श्रेष्ठ चयन भएका छन्। काभ्रेपलाञ्चोकको थुमकी रिसोर्टमा भएको संस्थाको सातौँ वार्षिक साधारणसभाले बिजखबर डट कमका प्रतिनिधि श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

इम्सनको उपाध्यक्षमा इक्विटी नेपाल डट कमका लोचन खतिवडा र टक्सार म्यागजिनका हिम बिष्ट चयन भएका छन् । महासचिवमा सिंहदरबार डट कमका नारायण पौडेल दोहोरिएका छन् भने सचिवमा अर्थ पथ डट कमबाट विष्णु तारुके, कोषाध्यक्षमा इन्स्योरेन्स खबर डटकमका केशव भण्डारी, सहसचिवमा आर्थिक आवाज डट कमका सुरेन्द्र पौडेल चयन भएका छन् । यस्तै, संस्थाको सदस्यहरूमा अर्थ संसार डट कमका प्रतिनिधि मिलन खड्का, आर्थिक पार्टी डट कमका मदन लामिछाने, मेरो अटो डट कमका उज्ज्वल घिमिरे र हाम्रो अर्थ डट कमका दीपक भट्ट सर्वसम्मत चयन भएका छन् ।

शुक्रबार सम्पन्न साधारणसभाले आगामी दुई वर्षको लागि नयाँ कार्यसमिति चयन गरेको हो । इम्सनले देशमा आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबिच रहेर पुलको काम गर्दै आएको छ । नवनिर्वाचित अध्यक्ष रामराजा श्रेष्ठले आगामी कार्यकालमा आर्थिक मिडिया सञ्चालकहरूको हितमा काम गर्दै राष्ट्रको आर्थिक विकासमा योगदान पुर्याउन सहयोगी भूमिका खेल्ने बताए। संस्थामा २७ वटा आर्थिक मिडिया आबद्ध छन्। संस्थाको पहिलो कार्यसमिति बैठकले अनुशासन समितिको संयोजकमा न्युज एजेन्सी नेपालका सविन धमलालाई चयन गरेको छ । आचारसंहिता समितिको संयोजकमा आर्थिक भ्वाइस डटकमका विजय फुँयाललाई चयन गरेको छ।

सुझावित समाचार