गुल्मीको मालिका गाउँपालिका–४ अर्खबाङको मालिका पिस पार्क नजिकै एक महिला मृत फेला परेकी छिन्। अर्खाबाङको देउराली पिस पार्कको पश्चिम गेटमा एक महिला अचेत अवस्थामा लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
अर्खाबाङ प्रहरी चौकीका वरिष्ठ प्रहरी हवल्दार रामबहादुर कामीको कमाण्डमा खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दा महिला मालिका गाउँपालिका–८ डक्सुमारे माइतिघरमा बस्दै आएकी अन्दाजी ४० वर्षीया गीता अर्याल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता चिरञ्जीवी दाहालले जानकारी दिए।
प्रहरीले घटनास्थल सुरक्षा गरेर राखेको छ। महिलाले अत्याधिक मादक पदार्थ सेवन गरेर हिँड्ने र विगत ७ वर्षदेखी माइतिघरमा बस्दै आएको प्रहरीले जनाएको छ।