नेपाल कबड्डी लिगको प्लेअफमा विराटनगर

शनिबार, १२ माघ, २०८१
डिजिटल संस्करण

विराटनगर ब्यान्डिट्सले हिमालयन रेइडर्सलाई हराउँदै नेपाल कबड्डी लिग (एनकेएल)को प्लेअफमा प्रवेश गरेको छ । राखेपको कभर्डहलमा विराटनगरले हिमालयनलाई ३४–३० ले पराजित गर्दै अघिल्लो चरणको स्थान पक्का गरेको हो । विराटनगरको जितसँगै प्लेअफमा पुग्ने तीन टोलीको टुंगो लागेको छ । यसअघि काठमाडौं माभरिक्स र जनकपुर नाइट्स एक खेलअघि नै प्लेअफमा पुगिसकेका छन् । अब एक टोलीको छिनोफानो हुन बाँकी छ । 

जनकपुर शतप्रतिशत जितसहित २० अंक जोडेर शीर्ष स्थानमा छ । काठमाडौं र विराटनगरले समान १६ अंक जोडेका छन् । तेस्रो हार व्यहोरेको हिमालयन चार खेलबाट ६ अंक बटुल्दै पाँचौँ स्थानमा छ ।

विराटनगरले हिमालयनविरुद्ध रेडमा १८, ट्याकलबाट ८, दुई अलआउटबाट ४ सँगै बोनसबाट ४ अंक जोडेको थियो । हिमालयनले काठमाडौंविरुद्ध रेडबाट १४, ट्याकलबाट ९, एक अलआउटबाट २ सँगै बोनसबाट ५ अंक जोड्यो । पहिलो हाफमा विराटनगरले ३ अंकको अग्रता लिँदै हिमालयनमाथि दबाब राखेको थियो । अग्रता अन्तिमसम्म राख्दै विराटनगरले तेस्रो जित निकाल्न सफल भयो ।

पहिलो हाफमा विराटनगरले रेडबाट १०, ट्याकलबाट २, एक अलआउटबाट २ र बोनसबाट ४ प्वाइन्ट जोडेको थियो । हिमालयनले रेडबाट १५, रेडबाट ९, ट्याकलबाट ३, एक अलआउटबाट २ र बोनसबाट १ अंक हात पार्यो । विराटनगरले १८–१५ को अग्रता लियो । दोस्रो हाफमा हिमालयनले विराटनगरलाई कडा टक्कर दियो । तर, अघिल्लो हाफमा लिएको तीन र दोस्रो हाफमा लिएको १ अंकको अग्रता विराटनगरलाई जिताउन काफी भयो । 

See More On

सुझावित समाचार