बिवाइडी सिलायन–७ एसयुभी इभी भारतमा सार्वजनिक

शुक्रबार, ११ माघ, २०८१
डिजिटल संस्करण

इभी ब्रान्ड निर्माता बिवाइडीले भारतमा एसयुभी सिलायन–७ इभी सार्वजनिक गरेको छ । भारतमा चलेको ‘भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५’ मा उक्त इभी सार्वजनिक भएको हो । लामो रेन्च दिने यो सिलायन–७ इभी थुप्रै आकर्षक फिचर्स र दमदार ब्याट्रीले सुसज्जित रहेको कम्पनीको दाबी छ । 

कम्पनीका अनुसार सिलायन–७ ले एकपटकको फुल चार्जमा पाँच सय ६७ किलोमिटरको रेन्ज दिनेछ । साथै, यो प्रिमियम र पर्फमेन्स गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ । प्रिमियम भेरियन्ट रियर ह्विल ड्राइभ कन्फिग्रेरेसनसहित आउनेछ, जसले ११ एचपी पावर र ३८० एनएमको टर्क जेनेरेट गर्नेछ ।

त्यस्तै, पर्फमेन्स भेरियन्टमा पनि अल ह्विल ड्राइभ अप्सन रहेको छ । यसले ५३० एचपी पावर र ६९० एनएलको टर्क जेनेरेट गर्ने बताइएको छ । सिलायन–७ एसयुभी इभीमा रोटेटिङ टचस्क्रिन, डिजिटल ड्राइभर डिस्प्ले, १२ वटा स्पिकर साउन्ड सिस्टम, हेड अप डिस्प्ले र सनसेटका साथै पानोरमा ग्लास रुफजस्ता फिचर्स छन् ।

See More On

सुझावित समाचार