वामदेवसँग एकता आवश्यक छैनः एमाले नेता गुरुङ

बिहिबार, १० माघ, २०८१
डिजिटल संस्करण

 सूचना तथा सञ्चार मन्त्री समेत रहेका नेकपा एमालेका उपमहासचिव  पृथ्वीसुब्बा गुरुंगले बामदेव गौतमसँग पार्टी एकता  आवश्यक नभएको बताएका छन् ।  बुटवलमा प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वामदेवको साथमा कोही नभएकाले उनलाई कुनै पद दिएर पार्टीमा ल्याउने सम्भावना नभएको उनले बताएका हुन् । 

गौतमले जसरी पनि एमालेमा समाहित हुने चाहना व्यक्त गरेकाले पार्टी अध्यक्ष केपी शर्मा ओली कुरा गरेको उनको भनाई छ । उनले भने ‘उहाँसँग साथको को छ र ? एकताका लागि, एकताको त केही अर्थ हुन्छ होला नि ।’ 

मंगलबारको बसेको एमालेको सचिवालयको बैठकले वामदेवसँग सहकार्य गर्ने निर्णय गरेको थियो । 
 

सुझावित समाचार