पूर्वमुख्यमन्त्रीलाई झापट हान्ने प्राधिकरणका कर्मचारी धरौटीमा छुटे

बिहिबार, १० माघ, २०८१
डिजिटल संस्करण

कोसी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि हातपात गरेको आरोपमा पक्राउ परेका नेपाल विद्युत् प्राधिकरणका सवारी चालक र सहयोगी पाँच दिनपछि धरौटीमा छुटेका छन्। जिल्ला प्रशासन कार्यालयले बिहीबार उनीहरुलाई २ हजार ५ सय रुपैयाँ धरौटीमा रिहा गरेको हो । पक्राउ परेका शिवसताक्षी नगरपालिका ११ का ४९ वर्षीय भक्तबहादुर कटुवाल र कनकाई नगरपालिका ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठविरुद्ध प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाएको थियो । 

गत शनिबार सडकमा विवाद हुँदा उनीहरुले पूर्वमुख्यमन्त्री थापामाथि हातपात गरेका थिए। थापाको निधारमा चोट लागेको थियो । प्रशासनले बिहीबार दुवै जनासँग धरौटी माग गरेर रिहा गरिदिएको छ।  झापाको सुरुङ्गामा गाडी ओभरटेक गर्ने विषयमा विवाद हुँदा ती कर्मचारीले पूर्वमुख्यमन्त्री थापालाई हातपात गरेका थिए। नेताकै कारण देश बिग्रिएको भन्दै उनीहरुले हातपात गरेको प्रत्यक्षदर्शीले बाएका थिए।


थापा नेपाली कांग्रेसका कोशी प्रदेश सभापति समेत हुन्। 
 

सुझावित समाचार