आन्तरिक स्रोतबाट ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै

बिहिबार, १० माघ, २०८१
डिजिटल संस्करण

कृष्णपुर नगरपालिकाले चालू आर्थिक वर्षमा ४५ किलोमिटर सडक स्तरोन्नति गर्ने भएको छ । नगरपालिकाका नौवटै वडामा पाँच–पाँच किलोमिटरका दरले सडक स्तरोन्नति गर्न थालेको हो । पहिलो चरणमा वडा नं. ४ को मालुवेलाबाट काम सुरु भएको छ । नगरपालिकामा उपलब्ध टिपर, लोडर, ट्र्याक्टर, रोलर प्रयोग गरी सडक स्तरोन्नति प्रारम्भ भएको नगर प्रमुख हेमराज ओझाले बताए ।  

सडक स्तरोन्नतिका लागि रु. ५० लाख बजेट विनियोजन भएको छ । ‘उपभोक्ता समितिमार्फत एक किलोमिटर सडक स्तरोन्नति गर्न रु. १० लाख खर्च हुने देखियो,’ नगर प्रमुख ओझाले भने । नगरपालिकाले आफ्नै साधन–स्रोत प्रयोग गरी सडक स्तरोन्नति गर्दा नगरवासीले अपनत्व ग्रहण गरेका छन् । 

गत वर्ष नगरपालिकाले २५ किलोमिटर सडक स्तरोन्नतिको गरेको थियो । चालू आवमा संघ र प्रदेश सरकारबाट प्राप्त  रु. १२ करोडको लागत साझेदारीमा नगरपालिका क्षेत्रमा सडक कालोपत्र भइरहेको छ । 
 

सुझावित समाचार