तोलामा ४ सय घट्यो सुन

बिहिबार, १० माघ, २०८१
डिजिटल संस्करण

सुनको भाउ तोलामा चार सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहीबारका लागि प्रतितोला एक लाख ५९ हजार ६ सय रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला एक हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ८७५ रुपैयाँमा झरेको छ ।

सुझावित समाचार