५९ वर्ष पुरानो होटेल अन्नपूर्णको भवन भत्काइँदै [तस्बिरहरू]

बुधबार, ९ माघ, २०८१
डिजिटल संस्करण

काठमाडौंको दरबारमार्गस्थित ५९ वर्ष पुरानो होटेल अन्नपूर्णको भवन अहिले धमाधम भत्काइँदै छ। नेपालकै पुरानोमध्येको एक पाँचतारे होटेल अन्नपूर्ण तत्कालीन अधिराजकुमारी हेलेन शाहले सन् १९६५ मा बनाएकी थिइन्।

‘अन्नपूर्ण स्क्वायर’को नाममा २५ तले नयाँ स्वरूपको भवन बनाउन भाटभटेनीलगायतका समूहले पुरानो संरचना भत्काउन थालेका हुन्। ४२ रोपनी क्षेत्रफलमा बन्ने पाँचतारे अन्नपूर्ण स्क्वायर २०८५ सालसम्म बनाइसक्ने निर्माण कम्पनीले जनाएको छ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार