दुर्घटनामा मधेसका स्वास्थ्यमन्त्री घाइते

सोमबार, ७ माघ, २०८१
डिजिटल संस्करण

मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह सवारी दुर्घटनामा घाइते भएका हुन्। उनी सवार गाडीलाई सोमबार बेलुका जनकपुरधामको रामानन्द चोकमा अर्काे गाडीले ठक्कर दिएको हो । 

जिल्ला प्रहरी कार्यालय, धनुषाका डिएसपी बरुण कुमार सिंहका अनुसार मन्त्री सिंह सवार मधेश प्रदेश ०२– ००१ झ ०१६५ नम्बरको गाडीलाई मधेश प्र ०३–००१ झ ००९६ गाडीले ठक्कर दिएको हो । ठक्कर दिने गाडी  खानेपानी डिभिजन पर्साको भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा मन्त्री सिंहसहित दुवै गाडीका चालक समेत घाइते भएको र उनीहरुको प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 
 

सुझावित समाचार