प्रधानमन्त्री केपी ओलीसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बासले शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार अपराह्न भएको भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयका साथै सूचना प्रविधि, लगानी, पर्यटन, रोजगारी, कृषिको आधुनिकीकरण, शिक्षा र संस्कृतिलगायत पारस्परिक साझेदारीबारे विचार–विमर्श भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
सो अवसरमा राष्ट्रिय सभाका सदस्य एवं इजरायलका लागि पूर्वनेपाली राजदूत डा. अञ्जान शाक्य र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो।