नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डिआइजी आचार्य

शुक्रबार, ४ माघ, २०८१
डिजिटल संस्करण

नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेशकुमार आचार्य तोकिएका छन्। आचार्य प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा  कार्यरत छन्। 

उनी यही साता मात्र डिआइजीमा बढुवा भएका हुन्। त्यसअघि उनी लागुऔषध अनुसन्धान ब्युरोको निर्देशक थिए। 

यसअघि एसएसपी विश्व अधिकारीले प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका थिए। 

सुझावित समाचार