मोरङमा ६ महिनामा ३४५ जना फरार अभियुक्त पक्राउ

बुधबार, २ माघ, २०८१
डिजिटल संस्करण

मोरङमा ६ महिनामा ३४५ जना फरार अभियुक्त पक्राउ परेका छन्। गत साउनदेखि पुससम्ममा मोरङका विभिन्न स्थानबाट ३४५ जना फरार अभियुक्त पक्राउ परेका हुन्।  

मोरङ प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तहरूबाट एक सय एक वर्ष सात महिना ५ दिन कैद सजाय र ४८ लाख ५१ हजार जरिवाना असुलउपर भएको छ। 

पक्राउ गरिएका फरार अभियुक्तहरूमा बैंकिङ कसुर, चेक अनादर,  चोरी, महिला हिंसा, बलात्कार, लागुऔषध, जुवालगायत अपराधमा अदालतबाट सजाय पाएकाहरू छन्। पक्राउ परेका धेरैजसो अभियुक्तहरू अदालतबाट कैद र जरिवाना सजाय भए पनि बेवास्ता गर्दै गाउँघरमा बस्दै आएका थिए। 
 

सुझावित समाचार