काठमाडौंमा भारतीयद्वारा चिनियाँको अपहरण, मकवानपुरबाट उद्धार

मंगलबार, १ माघ, २०८१
डिजिटल संस्करण

काठमाडौंबाट अपहरणमा परेका चिनियाँ नागरिकको प्रहरीले मकवानपुरबाट उद्धार गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मकवानपुरको भिमफेदीबाट ती चिनियाँको उद्धार गरेको हो । 

प्रहरीले अनुसन्धानका लागि चार जना भारतीयलाई पनि पक्राउ गरेको छ । काठमाडौंको ठमेलमा ती चिनियाँलाई भारतीयले अपहरण गरेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयको टोलीले पिछा गरी उद्धार गरेको हो ।

अपहरणमा परेका व्यक्तिको उद्धार गरी घटनाको विस्तृत अनुसन्धान अघि बढाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए । 
 

सुझावित समाचार