एमालेका केन्द्रीय सदस्य ठगीको अभियोगमा प्रहरी हिरासतमा

मंगलबार, १ माघ, २०८१
डिजिटल संस्करण

नेकपा(एमाले)का केन्द्रीय सदस्य किशोरबिक्रम मल्ल दुई दिनदेखि प्रहरी हिरासतमा छन्। २० लाख रुपैयाँ ठगीको आरोपमा उनी सोमबार पक्राउ परेका हुन्। 

गुल्मीका पदम पहराईको जाहेरीका आधारमा उनलाई पक्राउ गरी चेक बाउन्ससम्बन्धी मुद्दामा थुनामा राखिएको प्रहरीले जनाएको छ। हाल उनी प्रहरी वृत्त महाराजगन्जको हिरासतमा छन्। 

मल्लले दिएको चेक नसाटिएपछि पीडित प्रहरीमा पुगेका हुन्। सुरुमा प्रहरीले छलफल गराउने प्रयास गरे पनि मल्लले पैसा फिर्ता दिन मतलब नगरेपछि पीडितले जाहेरी दर्ता गराएका हुन्। उनीहरूबिचको लेनदेन केसम्बन्धी हो, खुलाइएको छैन। 

चेक बाउन्सको मुद्दामा प्रहरीमै मिलापत्रसमेत हुने प्रावधान छ। सोहीअनुसार बुधबार सरकारी वकिल कार्यालयको समन्वयमा मिलापत्रका लागि प्रक्रिया अघि बढाउने प्रहरी तयारी छ। 

नेता मल्ल अनेरास्ववियुका पूर्वअध्यक्षसमेत हुन्। 
 

सुझावित समाचार