अमेरिकामा लागेको आगलागीमा परेर अहिलेसम्म २४ जनाको मृत्यु भएको छ ।
गत मंगलबारदेखि सुरु भएको आगलागीमा परेर अमेरिकाका लस एन्जलस र क्यालिफोर्नियामा २४ को मृत्यु भएको हो ।
क्यालिफोर्नियाको जंगलमा लागेको डढेलोका कारण कुल २४ जनाको मृत्यु भएको काउन्टी अफ लस एन्जलस डिपार्टमेन्ट अफ मेडिकल एग्जामिनरले जनाएको छ ।
हिजो १६ जनाको मृत्यु भएको जनाएको लस एन्जलस प्रशासनले आज थप आठजनाको मृत्यु भएको अद्यावधिक गरेको हो । थप शव भेटिन सक्ने भन्दै खोजीकार्य जारी राखिएको छ ।