प्रहरी विधेयक मन्त्रिपरिषदबाट पास

शनिबार, २७ पुष, २०८१
डिजिटल संस्करण

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक मन्त्रिपरिषदबाट पास भएको छ । शुक्रबार बसेको बैठकले विधेयक पास गरेको हुन् । अब विधेयक संघीय स‌ंसदमा पेस हुनेछ । 

गृहमन्त्री रमेश लेखकले पद बहालीसँगै प्रहरी संगठन समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउने विषय प्राथमिकतामा राखेर विधेयक परिमार्जन र संशोधनमा जोड दिएका थिए । यहीअनुरूप गृह मन्त्रालयले विधेयक अघि बढाएको हो।

गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस गरेको थियो। 

मन्त्रिपरिषद्को विधयेक समितिमा व्यापक छलफलपछि मन्त्रिपरिषदमामा पेस गरिएको गृहमन्त्री लेखकले जानकारी दिए।

सुझावित समाचार