पूर्वडिआइजी जोशीलाई पनि धरौटीमा छाड्न आदेश

बिहिबार, २५ पुष, २०८१
डिजिटल संस्करण

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोडिएका पूर्वडिआइजी छविलाल जोशी पनि धरौटीमा छुट्ने भएका छन्। जिल्ला अदालत कास्कीले जोशीलाई ८८ लाख धरौटीमा छाड्न आदेश दिएको हो।

जोशी गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं सेयरधनी हुन्। कास्की प्रहरीले रास्वपा सभापति रवि लामिछाने र जोशीसहित ४४ जनाविरुद्ध अभियोगपत्र दर्ता गरेको थियो। त्यसमध्ये लामिछानेलाई पनि अदालतले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ।

सुझावित समाचार