सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

बुधबार, २४ पुष, २०८१
डिजिटल संस्करण

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बुधबार बिहान छत्रेश्वरी गाउँपालिका- १ भालुमारेदेखि  मयानी जाँदै गरेको लु.प्र०२०० त ००१२ नम्बरको ट्याक्टर मयानीनजिकै दुर्घटना भएको हो । 

दुर्घटनामा छत्रेश्वरी गाउँपालिका– १ मयानीका अन्दाजी ४९ वर्षीय क्षेत्रबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले जानकारी दिए ।

भालुमारेबाट कम्पोस्ट मल लिएर मयानी जाने क्रममा ट्याक्टर दुर्घटना भएको उनको भनाइ छ । ट्याक्टरचालक भने फरार रहेको र उनको खोजी भइरहेको बस्नेतले बताए ।
 

सुझावित समाचार