डा. शेखर कोइरालाले बेलायतको संसद् भवनमा हुने कार्यक्रममा सम्बोधन गर्ने

शनिबार, २० पुष, २०८१
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायतको संसद(वेस्ट मिनिस्टर) मा सम्बोधन गर्ने भएका छन्। उनले यही १३ जनवरी २०२५ का दिन संसद भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्वोधन गर्न लागेका हुन्।

संसदको त्यो कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा बाणिज्य मन्त्रीका साथै वेलायती सांसदहरूको उपस्थिति रहनेछ।

स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार नेता कोइराला बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेस्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा त्यसतर्फ जाँदै छन्। 
 

सुझावित समाचार