एलिट कपका लागि आरिफको कप्तानीमा पुलिसको टोली घोषणा

शुक्रबार, १९ पुष, २०८१
डिजिटल संस्करण

आइतबारबाट सुरु हुने जय ट्रफी मेन्स एलिट कपका लागि विभागीय टिम नेपाल पुलिस क्लबको टोली घोषणा भएको छ । शुक्रबार आरिफ शेखको कप्तानीमा पुलिसको टोली घोषणा भएको हो ।

पुलिसले घोषणा गरेको टोलीमा आरिफ शेख (कप्तान), कुशल भुर्तेल, गुल्सन झा, करण केसी, ललित राजवंशी, अमित श्रेष्ठ, दिलीप नाथ, श्रवण यादव, सुनिल दौलिया, सागर ढकाल, शंकर राना, अभिनाश कर्ण, रासिद खान, अर्जुन साउद र दीपक सरेला रहेका छन् ।

गत वर्ष भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा शीर्ष चारमा रहेका टिमहरू सहभागी हुने जय ट्रफी मेन्स एलिट कप क्रिकेट पुस २१ गतेदेखि हुँदै छ । पुस २१ देखि माघ ३ गतेसम्म जनकपुर र वीरगन्जमा हुने प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, बागमती र मधेश प्रदेश सहभागी हुनेछन् ।

सिंगल राउन्ड रोबिनका ६ खेलपछि शीर्ष दुई टोलीबिच फाइनल खेल हुनेछ । लिग चरणका खेल दुई दिवसीय हुनेछन् भने फाइनल खेल तीन दिवसीय हुनेछ ।

See More On

सुझावित समाचार