नवनियुक्त राजदूतहरूद्वारा पद तथा गोपनीयताको शपथ

बुधबार, १७ पुष, २०८१
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक कार्यक्रमबिच राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेलिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य र डेनमार्कका लागि नवनियुक्त राजदूतहरूलाई शपथ गराएका हुन्।

राजदूतहरू प्रकाशमणि पौडेल गणतन्त्र पोर्चुगल, डा. नेत्रप्रसाद तिम्सिना मलेसिया, प्राडा कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साल बेल्जियम अधिराज्य र सुम्निमा तुलाधर डेनमार्कले आज राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका राष्ट्रपतिको सचिवालयले जनाएको छ।

सुझावित समाचार