सोमबार काठमाडौं र ललितपुरमा भएका दुई दुर्घटनामा दुईजनाले ज्यान गुमाएका छन्।
काठमाडौंको तार्केश्वर नगरपालिका– २ काभ्रेस्थलीस्थित सडकमा बा.९६ प ६५४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार संखुवासभा चैनपुर नगरपालिका– ९ घर भई काठमाडौं बौद्ध बस्ने ३३ वर्षीय कमल राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल वसुन्धारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलचालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
ललितपुरमा भने माइक्रोबसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । ललितपुर महानगरपालिका– १८ मगरगाउँस्थित सडकमा बा.२ ख ३१०२ नम्बरको माइक्रोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने रामेछाप मन्थली नगरपालिका–७ घर भएकी ३५ वर्षीया गोमा मगरको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त माइक्रोले रोकिराखेको बा.७ च ५९८७ नम्बरको बोलेरो गाडी र पैदलयात्रीलाई समेतलाई ठक्कर दिई दुर्घटना भएको थियो । माइक्रोचालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।